LISTEN LIVE RADIO

गढवामा कृषि उपाज संकलन तथा बिक्री गर्न कार्यशाला सुरु



गढवामा कृषि उपाज संकलन तथा बिक्री गर्न कार्यशाला सुरु

कोइलाबास २७ चैत्र । भूमी कृषि अभियान अन्तर्गत सामुदायिक आत्मनिर्भर केन्द्र र नेपाल कृषि सहकारी केन्द्रिय संघको आयोजनामा बिहिवार कृषि उपज संकलन तथा बिक्री वितरणका लागि गाउँपालिका र स्थानीय सरोकारवाला बिच ३ दिने कार्यशाला सुरु गरिएको छ ।

मञ्जरी महिला कृषि सहकारी संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यशालाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गरेका हुन् । भूमि कृषि अभियान अन्तर्गत स्थानीय कृषि उत्पादनको उचित बजार ब्यवस्थापन, हाट बजार संचालन र कृषि उपजहरुको भण्डारणका लागि सितगृह निर्माण गरि ब्यवस्थापनका लागि स्थानीय गढवा उद्योग बाणिज्य संघ र गाउँपालिका तथा कृषि सहकारी सम्बन्धी सहकारीहरुको संयुक्त प्रयासबाट गढवामा यो अभियानको थालनी गर्नुपर्ने कार्यक्रमका सहभागिहरुको जोड रहेको थियो ।

कार्यक्रममा बाल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कृषिमा आधुनिकीकरण गर्दै उत्पादनमा बृद्धि गर्न र किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको संकलन, भण्डारण र बजार ब्यवस्थापन गर्न गाउँपालिकाभरका कृषि सहकारीहरुले साझा धारणा बनाएर आएमा गाउँपालिकाले समन्वयकारी भूमिका खेल्ने र सहयोग समेत गर्ने बताएका छन् ।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रबक्ता एवं वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाले भूमी तथा कृषि निति पारित गरिसकेको सन्दर्भमा कृषि क्षेत्रलाई समृद्ध गर्ने रणनीति अपनाएर अगाडी बढिरहेको बताए । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारी, उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने, हाट बजार ब्यवस्थापनका पुर्व सचिव पटवारी यादव र भूमि अधिकार मंच गढवाका अध्यक्ष बिष्णु चौधरी लगायतले बोलेका थिए ।

भूमी कृषि अभियानद्धारा नेपालका ७७ जिल्लाका करिब ५ सय स्थानीय तह र आयोग बिच समझदारी भई कुल १ सय ८६ स्थानीय तहमा लगत संकलन कार्य भइरहेको र एकिन बिवरण संकलनको क्रममा करिब १० लाख भूमिहिन र अब्यवस्थित परिवारको लगत लिने काम सम्पन्न भएको अभियानका कल्पना कार्कीले जानकारी दिइन् ।

सोहि अभियानमा टेकेर नेपाल सरकारले पछिल्लो चरणमा भूमिहिन सुकुम्बासी र अब्यवस्थीत बसोवासीहरुको लगत संकलन गर्न सुरु गरेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले जनाएको छ । तिन दिन सम्म संचालन गरिने कार्यशालामा कृषि उपज संकलन केन्द्रको स्थापना गर्ने, गाउँपालिकाभरका कृषक सहकारी संस्थाहरुसंग संयुक्त समन्वय गर्ने, हाट बजार तथा कृषि उपज संकलन भण्डारणका लागि सितगृह संचालन आदीका बारेमा छलफल गरि समन्वय समिति समेत गठन गर्ने र तयार भएका योजनाहरु गाउँपालिकालाई जानकारी गराउने कार्यक्रम रहेको सेवा केन्द्रका प्रमुख कल्पना कार्कीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे