LISTEN LIVE RADIO

दाङमा कृषि क्षेत्रमा आधुनिक मेसनरी औजारको प्रयोग बढ्दै



दाङमा कृषि क्षेत्रमा आधुनिक मेसनरी औजारको प्रयोग बढ्दै

सुमन केसी, दाङ १९ मंसिर 

पछिल्नो समय प्रविधिको विकास भएसँगै कृषि क्षेत्रमा आधुनिक मेसनरी औजारको प्रयोग बढ्दै गएको छ । कृषि ब्यबसायिकरण गर्न आधुनिक कृषि उपकरणको प्रयोगबाट छिटो र सहज हुने भएपछि कृषकहरुले मेसनरी औजारको प्रयोग गर्न थालेका छन् । मकै रोप्ने, गोड्नेदेखि, खेत जोत्ने, गहुँ दाउने, धान दाउनका लागी आधुनिक प्रविधिको प्रयोग हुने क्रम बढेको छ ।

धान रोप्नका लागि जमिन खन्ने र मिलाउने, रोप्न, काट्ने र काटेको धानको ब्यबस्थापन गरि भण्डारण गर्ने काममा पनि प्रविधिको प्रयोग हुन थालेको छ । यसबाट समयको बचत हुने र ब्यबस्थापनमा सफाइ हुने भएकाले कृषि क्षेत्रमा आधुनिकरण उपकरणको प्रयोग गर्न थालिएको तुलसीपुर ११ मोतिपुरका धनराज बस्नेतको भनाई छ ।

तिन वर्ष पहिले विदेश पुगेर स्वदेश फर्किएका बस्नेतले हाल आधुनिक प्रविधिको प्रयोगबाट कृषि व्यवसाय गदै आएको बताउँछन् । ट्याक्टर खरिद गरि जोत्ने, धाउने काम आफै गर्दै आएको उनको भनाई छ । उनले कृषि क्षेत्रमा प्रविधिको प्रयोग गदै आएका छन् भने अन्य किसानहरुलाई भाडामा दिने गरेको बताएका छन् । उनले प्रति घण्टा १६ देखि २ हजारसम्म लिने गरेको बताए ।

३० मुरी धान खलियानबाट गोरु राँघाको माध्यमबाट दाही मार्दा कम्तीमा ३ दिन लाग्ने गरेकोमा अहिले थ्रसेर जस्ता कृषि आधुनिक प्रबिधिबाट आधा घण्टामै सकिने भएको हुदा समय र लगानीको समेत बचत हुने अर्का किसान तेजबहादुर बस्नेतले बताए । झण्डै ६३ बर्षीय बस्नेतले परम्परागत रुपमा धान खेती गरेर घरसम्म भण्डारण गदै आएका उनले पछिल्नो समय कृषि आधुनिक उपकरणको प्रयोग गर्न थालेको बताएक छन् ।

लामो समय देखी कृषि पेशा गदै आएका उनले समयमै रासायनिक मल प्रायप्त मात्रामा उपलब्ध हुन नसकेको भएपनि यस वर्ष धानबाली जिल्लामा राम्रो उत्पादन भएको छ । यता कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ बिज्ञ उमेशचन्द्र श्रेष्ठका अनुसार बर्षात राम्रो भएका कारण उत्पादन राम्रो भएको हो ।

यसबर्ष ३८ हजार ४ सय ९७ हेक्टरमा धान खेती भएको छ भने गत बर्ष दाङका ३७ हजार सात सय १० हेक्टरमा गरिएको थियो । यसपालि १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको छ ।

गतबर्ष १ लाख ६८ हजार ५८ मेट्रिकटन उत्पादन भएको उनले बताएका छन् । यसबर्ष प्रतिहेक्टर उत्पादकत्व ४ दशमलव ६ मेट्रिकटन प्रतिहेक्टर थियो । भने गत बर्ष ४ दशमल ५ प्रतिशतप्रति हेक्टर धानको उत्पादकत्व थियो । दाङमा करिब ६५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे