LISTEN LIVE RADIO

लमही नगरपालिकालाई लैंगिकमैत्री वनाउँछु: नगर प्रमुख केसी



लमही नगरपालिकालाई लैंगिकमैत्री वनाउँछु: नगर प्रमुख केसी

लमही १९ मंसिर । लमही नगरपालिकाका नगर प्रमुख कुलवहादुर केसीले लमही नगरपालिकालाई लैंगिक मैत्री नगरपालिका बनाउने प्रतिवद्धता जनाएका छन् । उनले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको १० औ दिन शुक्रवार लमहीमा अन्तरपार्टी महिला संजालले शुक्रवार लमहीमा आयोजना गरेको बालिका बलात्कार तथा रोकथाममा स्थानीय सरकार र संघ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।

लमहीमा महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघ÷संस्था तथा सरोकारवालाहरु बिच यस्तो प्रतिवद्धता जनाउँदै नगरपालिकाले एक्लै सम्भव नहुने भन्दै सवैको सहयोगमा लैगिंकमैत्री नगरपालिका वनाउन सकिने वताए । पछिल्लो समयमा बालिका बलात्कार बढीरहेको तर राजनीतिक पार्टीहरुको संरक्षण पिडकले उन्मुक्ती पाएको सहभागीहरुको गुनासोलाई मध्यनजर गर्दै मेयर नगर प्रमुख केसीले अपराधी अपराधनै हुन्छ न त्यो पार्टी वा दलको हुन्छ उनले भने । होला हिजोका दिनमा त्यस्तो थियो । यद्यपी सयम परिर्वतन भएको छ , राजनीतिक दलहरुमा पनि परिर्वतन आएको जघन्य अपराध जोगाउन दलको कदापी हस्तक्षेप हुँदैन उनले भने ।

अन्तरपार्टी महिला संजाल लमहीका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी अन्तरपार्टी लुम्विनी प्रदेश संयोजक नारायण शर्माले एकातिर अपराधीलाई उन्मुक्ती दिनुहुँदैन भन्ने मान्यताका साथ कानुन बनेका छन् तर अर्को तिर कानुनको सहि पालना नहुँदा पिडितले दण्ड पाएको देखिदैन यो अवस्थामा कहाँ अन्तरविरोध भएको छ भन्ने तर्फ सचेत हुन जरुरी रहने वताइन् ।

त्यसै गरि वरिष्ठ अधिवक्ता दिपक रेग्मीले बलात्कार, बलात्कार पछि आवश्यक पर्ने प्रमाणको सुरक्षीत संकलन ,सहित अपराधीलाई गरिने दण्ड सजाय र स्थानिय सरकार वा संघ संस्स्थाको भूमिका वारेमा सहजीकरण गराएका थिए । अन्तपार्टी जिल्ला संजालका अध्यक्ष सुशिला पौडेलको विषय प्रवेश तथा सदस्य जया रावलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधीहरुले नगपालिका भन्दा पहिला घर घरवाट छोराछोरीमा गरिने विभेद अन्त्य गरेमा मात्र नगरपालिकालाई लैंगिकमैत्री नगरपालिका बनाउन सकिने वताएका थिए ।

भने बालिका वलात्कार रोकथाम गर्न नगरपालिकाले बालिकालाई प्रतिरक्षात्म्क जगाउने खालका सचेतना शिक्षा तथा किशोरकिशोरी शिक्षा चलाउन आवश्यक रहने वताएका थिए । कार्यक्रममा सामुदायिक सिकाई केन्द्रका सल्लाकार पार्वती थापा, आमा समुहका गंगा खड्का, सामुदायिक सेवा केन्द्रका अध्यक्ष किरण शाह , शिल्पा चौधरी लगायतले वोलेका थिए । कार्यक्रमका संचालन संजाल लमहीका सचिव कमला चुदालीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे