LISTEN LIVE RADIO

रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय



रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

एजेन्सी । युरोपियन युनियन (ईयू) ले कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० डलरमा सीमित राख्ने सम्झौता गरेको छ । कच्चा तेलको मूल्यबाट रुसलाई हुने आम्दानी घटाउन र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न ईयूले सम्झौता गरेको एएफपीले जनाएको हो । रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न मूल्य निर्धारण गरिएको ईयूले बताएको छ ।

झण्डै १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको ईयूले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन् । ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्त्वपूर्ण कदम मानिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे