LISTEN LIVE RADIO

देशभरका सबै सरकारी कार्यालयहरु आज देखि बेलुका ५ बजे सम्म खुल्ने



देशभरका सबै सरकारी कार्यालयहरु आज देखि बेलुका ५ बजे सम्म खुल्ने

काठमाणडाै १६ माघ । देशभरका सबै सरकारी कार्यालयहरु आजदेखि फेरि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै सञ्चालन हुँदैछन् ।

यसअघि गएको कात्तिक १६ गतेदेखि बिहान १० बजेदेखि सरकारी कार्यालय बेलुका ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो । हिउँदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । यो व्यवस्था नेपाल राजपत्रमै उल्लेख छ ।

यस्तै शुक्रवारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे