LISTEN LIVE RADIO

गढवाको शुभतारा बोर्डिङ स्कुलको वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिता सुरु



गढवाको शुभतारा बोर्डिङ स्कुलको वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिता सुरु

गढवा १६ माघ । शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलको बार्षिक उत्सवको अवसरमा सोमबार देखि गढवामा शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको छ।

जनता माध्यमिक विध्यालय गढवाको खेल मैदानमा गढवा गाउँपालिका माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु भएको हो। शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर – ६ का वडा अध्यक्ष बिर बहादुर आले मगरको बिशिष्ट आतिथ्यतामा उद्घाटन भएको हो।स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ विद्यालयले खेल सप्ताह सुरु गरेको हो ।

गढवा गाउँपालिका माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले खेलकुद स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको लागि पनि आवश्यक रहेको बताइन्। विद्यालयले खेलकुद प्रतियोगिताबाट विद्यार्थीहरुको खेलक्षमता जांच गरी पालिका स्तरीय हुँदै जिल्ला र राष्ट्रिय खेलमा समेत प्रतिनिधित्व हुने हिसावले विद्यार्थीहरुलाई पढाईको साथै खेलमा पनि जोड दिनुपर्ने बताइन् । गढवा गाउँपालिकाले पालिका स्तरीय खेल मैदानको प्रक्रिया अघि बढाएको समेत जानकारी दिइन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले खेलमा राम्रो सम्भावना भएकोले विद्यार्थीहरुको रुचीअनुसार खेलमा चासो दिनुपर्ने बताए । गढवा गढवा गाउँपालिकाको आठ वटै वडामा वडा स्तरीय खेलमैदानको पक्षमा आफु रहेको बताउँदै ६ नम्बरको मनिकापुरमा खेलमैदान निर्माण गर्ने तयारी पुरा गरेको बताए ।

शुभतारा कपमा चार टिमले सहभागिता जनाएका छन्।
शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवा र साउथन इङ्ग्लिस बोर्डिङ स्कुल र ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवा र सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडिया बिच खेल हुने छ। चार टिम मध्ये दुई टिम फाइनलका लागि प्रयास गर्ने कार्यक्रम तय गरिएको शुभ तारा इङ्लिश बोर्डिङ स्कुल गढवाका खेल शिक्षक अशोक रोकायाले जानकारी दिए ।

विद्यालयले आफ्नो १४ औ वार्षिक उत्सवको अवसरमा माध्यमिक विद्यालय स्तरीय शुभतारा कप फुटबल प्रतियोगिता सुरु गरेको प्रिन्सिपल बिकाश रजौरे जानकारी दिए । खेलमा प्रथम हुने विद्यालयलाई १० हजार नगद, कप मेडर र प्रमाणपत्र पुरस्कार दिइनेछ भने द्वतिय हुने विद्यालयले ७ हजारकप मेडर र प्रमाणपत्र पुरस्कार पाउने छन्।

उद्घाटन कार्यक्रममा राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका खेल शिक्षक रमेश खड्का, ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल खेल शिक्षक निराजन यादव, सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका खेल शिक्षक बिजय खनाल, पत्रकार शिवराज पन्थी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतकाको सहभागिता रहेको थियो। शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका सहायक प्रिन्सीपल मधुबाबु थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक चेतनाथ पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे