LISTEN LIVE RADIO

एमाले अध्यक्ष केपी ओलीले अब फिल्ममा अभिनय गर्ने



एमाले अध्यक्ष केपी ओलीले अब फिल्ममा अभिनय गर्ने

काठमाडाैँ १४ माघ । नेकपा एमालेका अध्यक्ष एवं​ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । रमित ढुंगानाको ‘नमेटिने घाउ’ नामक चलचित्रमा उनले अभिनय गर्न लागेका हुन् ।​​​​

आइतवार काठमाडौंको नयाँ बानेश्वरमा फिल्मको औपचारिक घोषणा कार्यक्रममा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने ​जानकारी दिइएको हो । निर्माण टोलीका अनुसार  ‘नमेटिने घाउ’ चलचित्र राजनीतिक विषयवस्तुमा केन्द्रित रहने छ । चलचित्रको औपचारिक घोषणा कार्यक्रममा ओली पनि पुगेका थिए ।

एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको जीवन कथामा चलचित्र बन्न लागेको हो । ओली प्रधानमन्त्री रहेको समयमा सरकारले एसिड आक्रमणविरुद्धको कानून अध्यादेशमार्फत ल्याएको थियो ।

प्रधानमन्त्रीको सो भूमिकालाई चलचित्रमा देखाउन लागिएको निर्माण पक्षले जनाएको छ । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने चलचित्रलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे