LISTEN LIVE RADIO

टीका बस्नेतको माक्र्सवाद र उत्तर आधुनिकतावाद लोकार्पण



टीका बस्नेतको माक्र्सवाद र उत्तर आधुनिकतावाद लोकार्पण

घोराही १४ माघ । पत्रकार लेखक टीकाबहादुर बस्नेतको माक्र्सवाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहका बीच लोकार्पण गरिएको छ ।

शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गरेका हुन् । विएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य विसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. लामिछानेको प्रमुख आतिथ्यता तथा बाम विश्लेषक रोशनको विशिष्ट आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण गर्दै उपकुलपति प्रा. डा. लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताए । मुलुकको परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरु परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्नुपर्ने बताए। माक्र्सवाद विश्वको उत्कृष्ट विचार धारा भएको भन्दै प्रा.डा. लामिछानेले यसैको आलोकमा विश्वमा थुप्रै परिवर्तन भएको बताए ।

युवा पुस्तामा पठन संस्कृति हराउँदै गएको सन्दर्भ केलाउँदै लामिछानेले माक्र्सवाद र उत्तरआधुनिकतावाद पुस्तकले युवा पुस्तामा पठन संस्कृति विकास गराउनेमा विश्वास लिएको बताए । ‘युवा पुस्तामा पठन संस्कृति हराइरहेको सन्दर्भमा टीका जीले माक्र्सवादलाई सरल ढंगले बुझाउने गरी पुस्तक प्रकाशन गरेका छन् । जो अत्यन्तै सह्राहनीय पक्ष हो’, प्रा.डा. लामिछानेले भने, ‘लेखनीमा खडेरी उत्पन्न भइरहेको समयमा समालोचना विधामा टीका जीको प्रवेशले आशा दिलाएको छ । लेखनीमा निरन्तरता दिन म आग्रह गर्दछु ।’

कार्यक्रममा बोल्दै बाम विश्लेषक जनकपुरीले माक्र्सवाद र उत्तरआधुनिकतावाद विपरित ध्रुवीय सिद्धान्त भएको बताउँदै पुस्तकले सजिलै भ्रमहरु चिर्नेमा विश्वास गरे  ।उत्तरआधुनिकतापादी र उत्तरमाक्र्सवादीहरुले माक्र्सवादलाई कमजोर बनाउने अभिव्यक्ति दिने गरेकोतर्फ लक्षित हुँदै जनकपुरीले यसका विरुद्धमा माक्र्सवादीहरु एकजुट भएर लाग्नुपर्ने बताए । पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा। टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । समालोचनामा विधा चुनौतिको विधा भएको भन्दै उनले माक्र्सवाद र उत्तरआधुनिकतावाद पुस्तकका लेखक बस्नेतले समालोचकीय धर्म निर्वाह गरेको बताए ।

उक्त अवसरमा दर्शनका अध्यता प्रमोद घितालले दर्शन र माक्र्सवाद बुझ्न चाहने पाठकका लागि उपयुक्त कृति माक्र्सवाद र उत्तरआधुनिकतावाद भएको बताए । कवि घनश्याम अस्तित्वले सहजीकरण गरेको कार्यक्रममा लेखक बस्नेतले लेखकीय मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे