LISTEN LIVE RADIO

प्रतिनिधि सभाका उपसभामुखकाे चुनाव माघ ७ गते



प्रतिनिधि सभाका उपसभामुखकाे चुनाव माघ ७ गते

काठमाण्डाै ५ माघ । प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखकाे भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदकाे चुनाव माघ ७ गते हुने घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको चुनावकाे सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । घिमिरेकाे पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गरे । त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे