LISTEN LIVE RADIO

आउने सोमवार देखि धेरै ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना



काठमाण्डाै ५ माघ । आउने सोमवारदेखि देशका धेरै ठाउँमा हिउँदे वर्षा हुने भएको छ । काठमाण्डौ उपत्यकासहित विभिन्न पहाडी क्षेत्र र तराईका धेरै ठाँउमा हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै देशको उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

आज पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई ठाउँमा हल्का वर्षा र हिमपात पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे