LISTEN LIVE RADIO

भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले १–० ले जित्यो



भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले १–० ले जित्यो

काठमाण्डाै १४ मंसिर । भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जितेको छ । आज बुधवार भएकाे तेस्रो खेल पनि वर्षाका कारण रद्द भएपछि न्युजिल्यान्डले शृङ्खला १–० ले जितेको हो ।

यसअघि पहिलो खेल पनि रद्द भएको थियो भने दोस्रो खेल न्युजिल्यान्डले जितेको थियो । आज न्युजिल्यान्डले भारतले दिएको दुई सय २० रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमा एक विकेट गुमाएर एक सय चार रन बनाउँदाको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो । यसअघि भएको तीन खेलकाे टी–२० शृङ्खला भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे