LISTEN LIVE RADIO

रकम भुक्तानी गरिदिन सरकारलाई उखु किसानको २२ दिने अल्टिमेटम



रकम भुक्तानी गरिदिन सरकारलाई उखु किसानको २२ दिने अल्टिमेटम

काठमाण्डौ १४ साउन । उखु किसानहरूले रकम भुक्तानी गरिदिन सरकारलाई २२ दिने अल्टिमेटम दिएका छन् । सरकारले आफूहरूको बक्यौता भुक्तानी चिनी मिलबाट भदौ ५ गतेसम्म नदिलाए पुनः आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै सरकारलाई अल्टिमेटम दिएका हुन् ।उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयबीच २०७७ साल पुस १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे