LISTEN LIVE RADIO

जनउत्थान लघुबित्तको आज ११ औँ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाइयो



जनउत्थान लघुबित्तको आज ११ औँ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाइयो

भालुवाङ २७ चैत । जनउत्थान सामुदायिक लघुबित्त वित्तिय संस्था लि.को आज ११ औँ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वि.सं. २०६७ कार्तिक २३ गते नेपाल बैङ्कबाट बित्तिय कारोबारका लागि अनुमति प्राप्त गरी २०६७ कार्तिक २८ गते देखि रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय स्थापना गरी वित्तिय कारोबार शुरु गरेको हो ।

हाल यस संस्थाको दाङ सहित १९ वटा जिल्लामा ३९ वटा शाखा स्थापना गरी वित्तिय कारोबार गरिरहेको संस्थाले जनाएको छ । यस संस्थाको दाङमा लालमटिया, सतबरिया, बिजौरी र शान्तिनगरमा गरी ४ वटा शाखाबाट कारोबार गरिरहेको लालमटिया शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।


यसैबीच दाङ देउखुरीको लालमटियामा रहेको जनउत्थान सामुदायिक लघुबित्त वित्तिय संस्था लि लालमटिया शाखाले पनि राप्ती गाउँपालिका—८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा आश्रित बृद्धाबृद्धलाई फलफूल तथा खाद्यन्न विबरण गरी आफ्नो ११ औँ बार्षिक उत्सव मनाएको छ ।

संस्थाले उक्त आश्रमलाई स्याउ, केरा, अँगुर गरी करिब ४० केजी फलफूल, नुन १० केजी, खानेतेल १२ केजी र दाल १३ केजी प्रदान गरिएको संस्थाका लालमटिया शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उक्त फलफूल तथा खाद्यन्न आश्रमका अध्यक्ष प्रकाश बिष्ट र सचिव देबबहादुर चौधरीलाई संस्थाका लालमटिया शाखाका प्रमुख कृष्णप्रसाद अधिकारी र कर्मचारीहरुले संयुक्त रुपमा प्रदान गरेका थिए ।

सो अवसरमा संस्थाले आश्रमकी सेविकाद्धय सिता आचार्य र तुलसा बिसीलाई सम्मानपत्र सहित खादा ओढाएर समेत सम्मान गरेको थियो भने आश्रमले पनि सहयोग गर्ने संस्थालाई प्रशंसा—पत्र सहित खादा ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका कर्मचारीहरु बामदेब भण्डारी, दिनेशकुमार चौधरी, उर्मिला नेपाली र कल्पना चाैधरीकाे समेत सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे