LISTEN LIVE RADIO

प्रेम प्रस्ताव स्वीकार नगर्दा कविताको हत्या, एक वर्षपछि आरोपी पक्राउ



प्रेम प्रस्ताव स्वीकार नगर्दा कविताको हत्या, एक वर्षपछि आरोपी पक्राउ

सल्यान ४ चैत । सल्यान त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी कविता बोहराको हत्या प्रेम प्रस्ताव स्वीकार नगरेका कारण भएको खुलासा भएको छ। २०७६ फागुन २ गते प्रणय दिवसका दिन बोहराको घरनजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

हत्या भएको एक वर्षपछि गाउँकै एक १६ वर्षीय किशोरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कविताको दिदीको छोरा नाता पर्ने तत्कालीन १६ वर्षीय एक स्थानीय किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा कविताले कुनै चासो नदिएका कारण हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

हत्या भएको एक वर्षपछि कविताले बोहराले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण हत्या गरेको खुलासा गरेको उनले बताए। किशोरलाई बाल सुधारगृह नेपालगञ्ज पठाइएको प्रहरी प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे