LISTEN LIVE RADIO

रोल्पामा धारिलो हतियार प्रहार गरेर युवकको हत्या



रोल्पामा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

रोल्पा ४ चैत। रोल्पामा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। परिवर्तन गाउँपालिका वडा नम्बर ६ नाफेका वर्ष ३१ का विरेन्द्रप्रकाश गिरीको हत्या भएको हो। मंगलबार साँझ करिब ८ बजेको समयमा नयाँ घरको बार्दली बनाई बस्दै आएको घर जाँदै गरेका बेला अपरिचित ३ जना व्यक्तिले गिरीको हत्या गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय पाछाबाङ, घर्तिगाउँ र प्रहरी चौकी इरिबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए ।रातभर प्रहरीले शवलाई घटनास्थलमै कुरेको थियो। बुधबार बिहान मुचुल्का उठाउने कार्य भइरहेको प्रनाउ सुवेदीले जानकारी दिए । हत्यामा संलग्न सबै फ्रहार रहेका छन्। घटनामा संलग्नहरुको खोजी भइरहेको जनाइएको छ। घटना हुँदा देख्ने मानिसले दिएको हुलियाका आधारमा दोषीको खोजी भैरहेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे