LISTEN LIVE RADIO

देउखुरीका क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन भारतीय क्रिकेट प्रशिक्षक दिपक पाटिल लमहीमा



देउखुरीका क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन भारतीय क्रिकेट प्रशिक्षक दिपक पाटिल लमहीमा

लमही २ चैत्र । देउखुरीका क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन भारतीय क्रिकेट प्रशिक्षक दिपक पाटिल लमही आइपुगेका छन् । भारतको मुम्बई क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक  पाटिल दाङको लमही आइपुगेका हुन् । राष्ट्रिय क्रिकेट खेलाडी राजबिर सिंहले प्रमुख प्रशिक्षण दिपक पाटिललाई देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम लमहीमा स्वागत गरेका छन् ।

आर.एस क्रिकेट एकेडेमीका चाैतीस जना महिला तथा पुरूष खेलाडीले मैदानमा फुलमालाले स्वागत गरेका हुन् । राष्ट्रिय क्रिकेट खेलाडी राजबिर सिंहका अनुसार प्रशिक्षक पाटिलले लमही, घाेराही र तुलसीपरका क्रिकेट खेलाडीलाई १० दिन सम्म क्रिकेट सम्बन्धी प्रशिक्षण दिने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे