LISTEN LIVE RADIO

दाङको देउखुरीमा लुम्बिनी प्रदेशको प्रदेश सभा भवन निर्माणको प्रकृया अगाडी बढ्याे



दाङको देउखुरीमा लुम्बिनी प्रदेशको प्रदेश सभा भवन निर्माणको प्रकृया अगाडी बढ्याे

भालुवाङ २९ फागुन । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती उपत्यकामा प्रदेश सभा भवन निर्माणको प्रकृया अगाडी बढेको छ । भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले बोलपत्र आव्हान गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाले यसै असार मसान्तभित्र भवन निर्माण सकिने जानकारी दिए । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयको कम्पाण्डभित्र भवन निर्माण गर्न लागिएको हो ।

प्रदेश ५ सभाले गते असोज २० गते प्रदेशको नाम र स्थायी राजधानी टुंगाएको थियो । प्रदेश सभा बैठकले स्थायी राजधानी राप्ती उपत्यकामा र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो । प्रस्ताव पारित अनुसार राप्ती उपत्यकामा रहेको राप्ती गाउँपालिका  गढवा गाउँपालिकाकाे वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाकाे वडा नम्बरकाे ८ र ९ लाई समेटेर प्रदेश राजधानी क्षेत्र तोकिएको  छ।

राजधानी तोकिएपछि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गत माघ १६ गते प्रदेश पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको छ । स्थायी राजधानी तोकिएपनि पूर्वधारको अभावमा अहिले पनि बुटवलमै प्रदेश सरकार र प्रदेश सभाका कार्यसञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे