LISTEN LIVE RADIO

सल्यानमा अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ



सल्यानमा अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ

सल्यान १८ फागुन । सल्यानमा अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. २ बस्ने ४५ वर्षीय कुल बहादुर सारु मगर र सोही ठाउँ बस्ने २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सारुले घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले प्रकाउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई बन्दुक सहित फेला पारी पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे