LISTEN LIVE RADIO

लमही नगरपालिकामा १७ प्रतिशत बजेट खर्च



लमही नगरपालिकामा १७ प्रतिशत बजेट खर्च

लमही १८ फागुन । लमही नगरपालिकाको आठौँ नगर सभा लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ मा वार्षिक बजेट ८८ करोड ७१ लख ४२ हजार ३ सय ६० रुपैयाँ मध्ये १५ करोट ३३ लाख ३ हजार ९ सय ३१ रुपैयाँ ३२ पैसा खर्च भएको छ । यो खर्चको कुल १७ दशमलव २८ प्रतिशत हो ।

नगरसभामा उपप्रमुख देवका बेल्वासेले चालु आर्थिक वर्षको वित्तीय प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । पुँजीगत खर्चको अवस्था कमजोर छ । ४१ करोड ७७ लाख ५७ हजार ९ सय ४९ रुपैयाँ बजेट मध्ये ४७ लाख ८६ हजार ४ सय ६० रुपैयाँ माधै खर्च भएको छ । जुन खर्चको ११ दशमलव ४६ प्रतिशत मात्र हो । यस्तै वार्षिक चालु बजेट ४६ करोड ९३ लाख ८४ हजार ४ सय ११ रुपैयाँ भएकोमा १० करोड ५४ लाख ४१ ह्जार ४ सय ७१ रुपैयाँ खर्च भएको छ । जुन खर्चको २२ दशमलव ४६ प्रतिशत हो ।

कोभिड १९ का कारण राजश्व संकलनमा समेत गिरावट आएको छ । ११ करोड ६२ लाख ५० हजार राजश्व संकलनको लक्ष्य थियो । तर अहिले सम्म २ करोड ७० लाख ८२ हजार ७ सय ११ रुपैयाँ संकलन भउको छ । जुन लक्षयको २३ दशमलव २९ प्रतिशत हो । कार्यक्रम नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे