LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको स्थापना दिवस तीन दिन स्थायी राजधानी राप्ती गाउँपालिकामा मनाईने



लुम्बिनी प्रदेशको स्थापना दिवस तीन दिन स्थायी राजधानी राप्ती गाउँपालिकामा मनाईने

तिर्थराज ज्ञवाली, भालुवाङ २४ माघ ।

लुम्बिनी प्रदेशले तीन दिन स्थापना दिवस मनाउने भएको छ । स्थापनाको अवसरमा आयोजना गरिने विशेष कार्यक्रम भने प्रदेशको स्थायि राजधानी दाङको राप्ती गाउँपालिकामा हुने भएको छ । शुक्रबार बुटवलमा बसेको प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिको बैठकको निर्णय अनुसार फागुन २, ३ र ४ गते मुख्यमन्त्रि शंकर पोख्रलको प्रमुख आथित्यतामा कार्यक्रमहरु आयोजना हुने भएको हो ।

प्रदेश स्थापना दिवश कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष आन्तरिक मामिला तथा कानुन मन्त्रि कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लाको सहभागितामा विभिन्न कार्यक्रम गरी ३ दिन प्रदेश स्थापना दिवश मनाउने निर्णय गरिएको बैठकमा आमन्त्रित रहेका राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

स्थापना दिवसका अवसरमा फागुन २ गते सबै पालिकाहरुमा शिक्षा, स्वास्थ्य, सरसफाई संग सम्वन्धित कार्यक्रम सञ्चालन गर्ने, फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारद्धारा घोषणा गरिएका पदकहरु सम्बन्धित ब्यक्तिहरुलाई सुशोभित गर्ने, प्रदेश भरिका सञ्चार माध्यमबाट प्रदेशका बारेमा जानकारी मुलक कार्यक्रम गरिने छ ।

फागुन ४ गते प्रदेश स्थापना दिवशको अवसरमा प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षण मुलक कार्यक्रमको आयोजना सहित दिपावली गरिने भएको छ । बैठकमा ३ दिनको कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न जिम्मेवारी समेत बाडफाड गरिएको छ ।

प्रदेशका मन्त्रालय, १२ ओटै जिल्लाका पालिका, संघ संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्य कर्मि मार्फत कार्यक्रम ब्यवस्थीत गर्न आब्हान गरिएको छ । कार्यक्रममा प्रदेशको कला, संस्कृति र भेषभुषा झल्कने झाँकी समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे