LISTEN LIVE RADIO

दाङका कैदीबन्दी कम्प्युर सिक्दै, रोटरी द्धारा दुई कारागारलाई २० थान कम्प्युटर प्रदान



दाङका कैदीबन्दी कम्प्युर सिक्दै, रोटरी द्धारा दुई कारागारलाई २० थान कम्प्युटर प्रदान

घोराही २४ माघ । कारागारलाई सुधार गृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्रकारुपमा विकास गर्ने उदेश्यले दाङका दुई कारागारलाई १०÷१० थान कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लव अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लव र सस्थाहरुको सहकार्यमा घोराही र तुलसीपुर कारागारलाई १०/१० थान कम्प्युटर प्रदान गरिएको हो ।

रोटरी क्लव अफ दाङको समन्वय तथा अगुवाईमा गुडविल कम्युनिटी फाउण्डेशन ग्क्ब्, रोटरी क्लव अफ ब्रान्चबुर्ग ग्क्ब्, रोटरी क्लव अफ धुलिखेल, सामुदायिक सेवा केन्द्र र आशा प्रोजेक्टको फ्रेण्डस अफ नेपालको सहयोगमा कारागारमा कम्प्युटर प्रदान गरिएको रोटरी क्लव अफ दाङका महासचिब गजेन्द्र बर्माले जानकारी दिए । कैदिबन्दीहरुका लागि कारागार सिकाई केन्द्र बनाउने उदेश्य अनुरुप आज दुबै कारागारमा १०/१० थान कम्प्युटर प्रदान गरिएको महासचिब बर्माले बताए ।

घोराही कारागारमा एक कार्यक्रमको आयोजना गरि कम्प्युट हस्तान्तरण र सिकाई केन्द्रको उद्घाटन समेत गरिएको छ । कारागारलाई सुधारगृह सँगै सिप तथा ज्ञानको सिकाई केन्द्र बनाउने र कारागारबाट निस्केपछिको जीवनलाई सहज बनाउने उदेश्य राखिएको छ । रोटरी क्लव अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सिकाई केन्द्रको उद्घाटन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी आचार्यले कारागार बसाईको समयलाई सिप र ज्ञान सँग जोड्ने अबसर रोटरीले सृजना गरेको भन्दै धन्याबाद ज्ञापन गरे । अब कैदिबन्दीहरुले पालैपालो कम्प्युटर सम्बन्धि ज्ञान हाँसिल गर्ने छन् । कार्यक्रममा जेलर बिष्णुप्रसाद पाण्डेले कैदिबन्दीहरुलाई मुडा बनाउने, साक्षर बनाउने, कानुनी ज्ञान दिने कक्षाहरु चलाउदै आएको र अब थपिएको कम्प्युटर शिक्षाले थप सृजनशिलताको बिकास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे