दाङमा तिन वटा मतदान स्थल थप्न सिफारिस



दाङमा तिन वटा मतदान स्थल थप्न सिफारिस

दाङ १३ माघ ।  दाङमा जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने, मतदानस्थल अवलोकन गर्ने जस्ता काम गरीरहेको छ । कार्यालयका प्रमुख निमराज भट्टराईले अहिले जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने काम भईरहेको बताएका छन् । यस अघि जिल्लामा मतदानस्थल अवलोकन गरिएको छ ।

जसमा स्थानिय समितिले मतदाताको संख्या अनुसार तिन वटा मतदान स्थल थप गर्न र केहि मतदान स्थल सार्न सिफारिस गरेको छ । समितिले सिफारिस गरेको सहितको विवरण आयोगमा पठाउने र सोहि अनुसार अन्तिम टुङग्यो लाग्ने उनको भनाई छ । जिल्लामा स्थानिय तहको निर्वाचनको बेला जिल्लाभर ३ लाख ६३ हजार ४९२ मतदाता रहेकोमा १५१ मतदान स्थल र ३९४ मतदान केन्द्र रहेका थिए । थपिएका नयाँ मतदाता संख्याको अझै एकिङ विवरण तयार हुन बाँकी छ ।

मतदाता संख्याको आधारमा जिल्लामा तिन वटा मतदान स्थल थपिएमा अब १५४ मतदान स्थल र ४१८ मतदान केन्द्र हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पौष ५ गते संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी छिन् ।

संसद विघटन विरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा सवैधानिक ईजलास मार्फत सुनुवाई भईरहेको अवस्थामा निर्वाचन आयोगले भने मध्यावधी निर्वाचनको तयारी गरीरहेको छ । निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयले समेत मध्यावधी निर्वाचनको गृहकार्य गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे