LISTEN LIVE RADIO

भलिबल प्रतियोगितामा पत्रकारलाई हराउदै राजनितिक दलमा आबद्ध महिलाहरु विजय



भलिबल प्रतियोगितामा पत्रकारलाई हराउदै राजनितिक दलमा आबद्ध महिलाहरु विजय

घोराही १३ माघ । घोराही उपमहानगरपालिकाको आयोजनामा महिला जनप्रतिनिधी, राजनितिक दलमा आबद्ध महिलाहरु र महिला पत्रकारहरु बिच आज भलिबल प्रतियोगिता भएको छ । प्रतियोगितामा महिला जनप्रतिनिधी तथा राजनितिक दलमा आबद्ध महिलाहरुको टिमले महिला पत्रकारहरुलाई पराजित गरेका छन् । खेलमा २५-१२ र २५ -७ को सेटमा महिला पत्रकारहरु पराजित भएका हुन् ।

उपमेयरकप छात्रा भलिबल प्रतियोगिता सञ्चालन भैरहेको अवसरमा जनप्रतिनिधी, राजनितिकर्मी र पत्रकारहरु बिच मैत्रिपूर्ण भलिबल खेलको आयोजना गरिएको प्रतियोगितामा विजेता र उपविजेतालाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालले ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे