सुशासन कायम गर्न प्रदेश सरकारले कठाेर निर्णय लिएको छ : मुख्यमन्त्री आचार्य



सुशासन कायम गर्न प्रदेश सरकारले कठाेर निर्णय लिएको छ : मुख्यमन्त्री आचार्य

दाङ ६ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफू नेतृत्वकाे वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कठाेर भएर निर्णयहरु गरेर अघि बढेकाे बताउका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश भित्रका केन्द्रीय सदस्यहरुकाे दाङकाे तुलसीपुरमा आयाेजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले नयाँ सरकार बनेकाे ६० दिनमा सुशासन, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास र निर्णय बारे जानकारी गराएका छन् । सुशासनका लागि सरकारले महत्त्वपूर्ण निर्णयहरु गरेर निर्मम कदमहरु चालेकाे बताए ।`पूर्व बिशिस्ट व्यक्तिकाे सेवासुविधा खारेज गर्याैं । याे निर्णयले जनतामा आशा जगाएकाे छ´उनले भने-´मुख्यमन्त्री, मन्त्रीहरुलाइ आचारसंहिता लगायाैं । मुख्यमन्त्री र मन्त्रीहरुलाइ जवाफदेही बनाउने काम गरिएकाे छ ।´

याेजना कार्यान्वयनमा देखिएको बेथिति राेक्न प्रतिस्पर्धाबाटबाट याेजना कार्यान्वयन गर्ने नीति अवलम्बन गरेकाले यसले सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।`याेजना किनवेच हुनेमा केही सत्यता छ । आर्थिक मामिला मन्त्री हुदा याेजनामा हुने बदमासी थाहा भयाे । अहिले मुख्यमन्त्रीकाे जिम्मेवारीमा हुदा पाँच लाख भन्दा माथिका सबै याेजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने निर्णय गरिएको हाे´मुख्यमन्त्री आचार्यले भने-`पालिकामा पठाएको ससर्त, बिशेष र समपुरक याेजना पनि कार्यान्वयन गर्दा प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने भनेर परिपत्र गरिसकेका छाैं ।´ यस्तै मुख्यमन्त्री आचार्यले चालू आर्थिक बर्षमा विनियोजन भएको बजेट इमानदारी पूर्वक कार्यान्वयन गरिने जानकारी दिए ।`म आर्थिक मामिला मन्त्री हुदा ल्याएकाे बजेट हाे । चालु खर्च घटाउने र पुजीगत खर्च बढाउने गरि बजेट ल्यायाैं । त्यहीँ बजेट कार्यान्वयन हुन्छ ।´ चालू खर्चमा २ अर्व २९ करोड घटाउने र पुँजीगत तर्फ १ अर्व ३२ करोड बढाउनेगरी बजेट आएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे