लुम्बिनी प्रदेश स्तरीय राष्ट्रिय थारू कलाकार मञ्च गठन : अध्यक्षमा श्रीनिवास चौधरी चयन



लुम्बिनी प्रदेश स्तरीय राष्ट्रिय थारू कलाकार मञ्च गठन : अध्यक्षमा श्रीनिवास चौधरी चयन

लमही ५ असोज । लुम्बिनी प्रदेशमा राष्ट्रिय थारू कलाकार मञ्च गठन गरिएको छ ।शनिवार दाङको लमहीमा थारु कलाकारहरुको एक भेलाले केन्द्रको विधान अनुसार लुम्बिनी प्रदेशमा मञ्चको विस्तार गरिएको हो । भेलाले राष्ट्रिय थारू कलाकार मञ्च लुम्बिनी प्रदेशको अध्यक्षमा कपिलवस्तुका श्रीनिवास चौधरीलाई सर्वसम्मत चयन गरेको छ । चौधरीकै अध्यक्षतामा पछि १ सदस्य थप गर्ने गरी १५ सदस्यीय प्रदेश स्तरीय मञ्च गठन गरेको हो । जस अनुसार वरिष्ठ उपाध्यक्षमा बर्दियाका प्रदेशी चौधरी (दर्पण कुशुम्या), उपाध्यक्षमा बाँकेकी सुनिता दहित चौधरी, महासचिवमा रुपन्देहीका राजन चौधरी, सचिवमा नवलपरासीका प्रल्हाद चौधरी र कोषाध्यक्षमा दाङकी रचना चौधरी रहेकी छिन् । त्यसै गरी सदस्यहरुमा बर्दियाकी संगिता थारु, रुपन्देहीका दिनेश चौधरी, नवलपरासीका हेमराज चौधरी, दाङकी मधु चौधरी, कपिलवस्तुका विष्णु थारु, दाङका देवीराम चौधरी, सागर चौधरी र प्रेम चौधरी रहेका छन् ।राष्ट्रिय थारू कलाकार मञ्च दाङका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सीता शर्मा चौधरीको प्रमुख आतिथ्यतामा प्रदेश स्तरीय मञ्च गठन गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि चौधरीले थारुहरुको भाषा, कला, संस्कृति संरक्षणका लागि थारु समुदायले पुरानो मानसिकता त्यागेर नयाँ सोचका साथ अगाडी बढ्नु पर्ने बेला आएको बताएकी छिन् । त्यस्तै उनले थारु भाषा, कला, संस्कृतिको पहिचानका लागि पाठ्यपुस्तकमा समावेश गर्न पनि आवश्यक रहेको बताएकी छिन् ।

सो अवसरमा राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रोशन रत्गैया, केन्द्रीय सल्लाहकार लक्ष्मीमान चौधरी, साहित्यकार छविलाल कोपिला, थारु कल्याणकारिणी सभा क्षेत्रिय समिति क्षेत्र नम्बर १ का सचिव बालगोविन्द चौधरी, केन्द्रीय पार्षद प्रकाश चौधरी, राष्ट्रिय थारू कलाकार मञ्च कपिलवस्तु अध्यक्ष श्रीनिवास चौधरी, नवलपरासी अध्यक्ष सुदनप्रसाद चौधरी, रूपन्देही अध्यक्ष सुरेन्द्र चौधरी, पत्रकार सन्तोष कुमार गुप्ता र महिला समाजसेवी तथा बुद्धिजीवि लक्ष्मी चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका दाङ जिल्ला सचिव रचना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका दाङ जिल्ला उपाध्यक्ष इन्द्रबहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे