देउखुरीको मसुरीयाबाट लागुऔंषध सहित २ जना पक्राउ



देउखुरीको मसुरीयाबाट लागुऔंषध सहित २ जना पक्राउ

भालुवाङ ६ असोज । दाङको देउखुरीमा लागुऔंषध सहित २ जना युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले गत असोज ४ गते राती ८:३० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयाबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश ०२-००१ प १०८१ नम्बरको मोटरसाइकल सहित सोही ठाउँ बस्ने मोटरसाइकल चालक बर्ष ३२ को पुरन विक र मोटरसाइकल पछाडी सवार राप्ती गाउँपालिका १ पाखापानी बस्ने बर्ष ३२ को सुनिल मल्ललाई प्रहरीले मसुरीयाबाट पक्राउ गरेको हो ।

विकको साथबाट ब्राउन सुगर जस्तो देखिने प्लाष्टिकको ६ पुडिया, प्लाष्टिक सहित तौल गर्दा ८३० मिलि ग्राम र प्लाष्टिक हटाई तौल गर्दा ४५० मिलि ग्राम र मल्लको साथबाट ब्राउन सुगर जस्तो देखिने प्लाष्टिकको २ पुडिया, प्लाष्टिक सहित तौल गर्दा १ ग्राम ४६० मिलि ग्राम र प्लाष्टिक हटाई तौल गर्दा १ ग्राम ११० मिलि ग्राम फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत दाङमा ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे