LISTEN LIVE RADIO

दाङमा साढे ६ हजार कोरोना बिरुद्धको खोप ल्याईयो



दाङमा साढे ६ हजार कोरोना बिरुद्धको खोप ल्याईयो

दाङ १३ माघ । दाङमा साढे ६ हजार कोरोना बिरुद्धको खोप ल्याइएकाे छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि पहिलो चरणका लागि दाङमा साे संख्यामा खोप ल्याइएकाे हाे । भारत सरकारको सहयोगमा केही दिन पहिले नेपाल आएको कोरोना बिरुद्धको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटबलमा आएको र आज त्यहाँबाट ६ हजार ५ सय ९३ डोज खोप दाङमा ल्याईएको हो ।

स्वास्थ्य कार्यालय दाङले उक्त खोप जिल्लामा ल्याईपुर्‍याएको छ । भोली राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरका स्वास्थ्यकर्मीहरुलाई खोप लगाई खोप कार्यक्रमको सुरुवात गरिने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।पहिलो चरणमा स्वास्थ्य उपचारको अग्रपंतीमा खटेर काम गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, वृद्धाआश्रमका जेष्ठ नागरिकहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे