सहकारी बचत रकम अपचलन प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ



सहकारी बचत रकम अपचलन प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाण्डौ ६ असाेज ।  सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शङ्खमूलबाट पक्राउ गरेको हो ।

उनी गोर्खा मिडियाका पूर्व सञ्चालकमध्ये एक हुन । उनीविरुद्ध कास्कीमा उजुरी परेकाले कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ । आजै गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका थिए । संसदीय छानविन समितिले सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

जोशीलाई आइतबार नै बुद्ध एयरको फ्लाइटबाट पोखरा लग्ने तयारी गरिएको छ। सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस भएपछि पक्राउ परेका जोशीलाई आइतबार राति ८ बजेको फ्लाइटबाट पोखरा लग्ने तयारी गरिएको उच्च स्रोतले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे