दुर्गा प्रसाई पक्राउ : तीन दिन थुनामा राख्न अनुमति



दुर्गा प्रसाई पक्राउ : तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले पक्राउ गरेको हो । प्रसाइँलाई पक्राउ गर्न प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर भित्रबाट प्रहरीलाई अपशब्द बोलेका थिए । लभगभग एक घण्टा सम्म पनि उनले गेट नखोलेपछि प्रहरीले पर्खालमा भर्‍याङ लगाएरै घरभित्र प्रवेश गरी पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । प्रसाईंसँगै युटुबर  जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी छ । पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबारनै अदालतमा हाजिर गराएको छ । प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे