LISTEN LIVE RADIO

लुम्बिनीमा विषयगत समितीका ७ जनाको उम्मेद्धारी दर्ता



लुम्बिनीमा विषयगत समितीका ७ जनाको उम्मेद्धारी दर्ता

दाङ ४ बैशाख । लुम्बिनी प्रदेशका ६ वटा विषयगत समिती र १ विषेशाधिकार समिती गरी ७ वटा समितीमा ७ जनाको मात्रै उम्मेद्धारी परेको छ । संसद सचिवालयले जारी गरेकाे निर्वाचन कार्य तालिका अनुसार आज मंगलबार उम्मेद्वारी परेकाे हाे ।

उम्मेद्धारी दर्ताको समय बेलुका ५ बजे सम्म भएपनि दलहरुका बीच सहमती कायम गरी विषयगत समितीको भागवन्डा गरिएकाले अन्य उम्मेद्धारी नपर्ने नेपाली काग्रेसका सचेतक निमा गिरीले बताइन् ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति सभापतिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिकाे सभापतिमा गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिकाे सभापतिमा नबलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) का सांसद विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिकाे सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २(२) का सांसद रामजीप्रसाद घिमिरेकाे उम्मेद्धारी परेको छ ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिकाे सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १(१) राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिकाे सभापतिमा बाँकेकि सांसद माया पुन र विशेष अधिकार समितीकाे सभापतिमा कपिलबस्तुका सांसद गिरीधारीलाल न्यौपानेको उम्मेद्धारी परेको छ । प्रदेशसभा सचिब पुनका अनुसार ६ वटा विषयगत समिती भएपनि दलहरुले छलफल गरी विशेष अधिकार समितीको माग भएकाले त्यसको पनि यस पटक देखि नयाँ व्यवस्था गरिएको हो ।

बेलुका ५ बजे सम्म समितीकाे सभापतिमा अरूकाे उम्मेद्धारी नपरेकाे खण्डमा मनोनयनको समय सकिएपछि जेष्ठ प्रदेशसभा सदस्यको अध्यक्षतामा विषयगत समितीको बैठक बस्ने र निर्विरोध निर्वाचित भएको घोषणा गरिने बताइएको छ ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितीका बारेमा दलहरुबीच एमालेले विषेशअधिकार सहित ३ वटा समिती, प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले २ वटा समिती र माओवादी केन्द्रले २ वटा समितीको नेतृत्व गर्ने सहमति गरेका थिए । गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितीमा रहने सदस्यहरुको टुंगो लगाए पनि समितीको सभापतिको टुंगो भने १७ महिना सम्म लाग्न सकेको थिएन ।

२०७९ मंसिर ४ गते निर्वाचन भएपछि ३ जना मुख्यमन्त्री फेरिदा पनि मिनी संसदको रुपमा हेरिने विषयगत समितीको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा सदस्यहरु विजिनेस बिहिन जस्तै बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे