LISTEN LIVE RADIO

देवीकोटमा सामुदायिक वनबाट सल्केको आगोले एक गोठ जलेर नष्ट, २ लाख बराबरको क्षति



देवीकोटमा सामुदायिक वनबाट सल्केको आगोले एक गोठ जलेर नष्ट, २ लाख बराबरको क्षति

भालुवाङ ३ वैशाख । दाङको राप्ती गाउँपालिका ९ देवीकोटमा जंगलबाट सल्केको आगोले एक गोठ जलेर खरानी भएको छ ।

सोमबार दिउँसो करिव १ बजेको समयमा शान्ति सामुदायिक वनबाट सल्केको आगोले देवीकोट निवासी थम्मन बहादुर घर्ती क्षेत्रीको गाई गोठ जलेर नष्ट भएको हो । भने एउटा बाख्राको पाठो जलेर घाइते भएको छ । आगलागीबाट करिव २ लाख बराबरको क्षति भएको स्थानीय तामबहादुर खैकला मगरले जानकारी दिएका छन् । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

केही दिन देखि देउखुरी क्षेत्रका अधिकांश सामुदायिक वनमा आगलागी भइरहेको छ । आगलागीका कारण जंगल छेउका बस्तीहरू बढी जोखिममा रहेका छन् । वनमा भिषण आगलागी भइरहे पनि आगो निभाउन कसैको पनि ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे