LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाद्वारा शैक्षिक सत्र २०८१ को शैक्षिक पात्राे सार्वजनिक 



राप्ती गाउँपालिकाद्वारा शैक्षिक सत्र २०८१ को शैक्षिक पात्राे सार्वजनिक 
भालुवाङ १७ वैशाख। राप्ती गाउँलिकाले चालु शैक्षिक सत्र २०८१ का लागि तयार गरेको ‘शैक्षिक पात्राे’ सार्वजनिक गरेको छ ।
गाउँपालिकाकाे शिक्षा शाखाले मासिक तथा वार्षिक शैक्षिक याेजना, कक्षागत वार्षिक कार्यतालिका, शाखा तथा विद्यालयहरुबाट सञ्चालन हुने क्रियाकलाप, विभिन्न सार्वजनिक विदा एवम् पालिकाका विभिन्न गतिविधिहरु झल्कने तस्वीरहरु समावेश गरि तयार गरेको शैक्षिक पात्राे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट एवम् कार्यपालिकाका सदस्य र कर्मचारीहरुकाे उपस्थितिमा सार्वजनिक गरेको हो।
शाखाले गठन गरेको पात्राे निर्माण समितिकाे निर्णय अनुसार शैक्षिक पात्राे बनाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिए । उनका अनुसार माध्यमिक तह सम्मको  पहिलो परीक्षा श्रवण पहिलो साता,दाेस्राे परीक्षा पुस अन्तिम साता र अन्तिम परीक्षा चैत तेस्रो साता तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे