LISTEN LIVE RADIO

राप्तीको ९ वटै वडामा बीमाको पहुँच पुर्‍याउँछाै : अध्यक्ष विष्ट



राप्तीको ९ वटै वडामा बीमाको पहुँच पुर्‍याउँछाै : अध्यक्ष विष्ट

भालुवाङ १७ वैशाख। दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाको ९ वटै वडामा बीमाको पहुँच पुर्‍याउने बताएका छन् ।

उनले बीमाको सबैभन्दा बढी आवश्यकता श्रमजीवी वर्गहरुलाई हुने भएकोले पनि बीमाको पहुँच तथा सचेतना आवश्यक रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार गाउँपालिकाकाे सभाहल मसुरीयामा  आयोजना गरेको स्थानीय तह तथा सरोकारवालाहरूसँग बीमा प्रवर्द्धनात्मक सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले यस्तो बताएका हुन् । उनले बीमाको पहुँच सरकार देखि श्रमजीवी वर्गसम्म पुग्नुपर्ने बताए । त्यस्तै अध्यक्ष विष्टले बीमाकाे पहुँच विस्तार गर्न स्थानीय सरकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

 त्यस्तै कार्यक्रमका सहभागीहरूले बीमा रकम भुक्तानी झन्झटिलो भएको बताउँदै त्यसलाई सहज बनाउन आग्रह गरेका थिए । त्यस्तै उनीहरूले अभिकर्ताहरूले नागरिकहरूलाई झुुठो आश्वासन दिएर बीमा गर्न लगाउने जस्ता कार्य रोक्न आग्रह पनि गरेका थिए । बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राधिकरणका तथ्यांक निरीक्षक बसन्त बाेहाेराले नेपाल बीमा प्राधिकरणकाे काम, कर्तव्य, अधिकार, बीमाले गर्ने रक्षावरण बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।कार्यक्रममा राप्ती गाउँपालिका जनप्रतिनिधि, कर्मचारी,महिला समूह,वित्तीय संस्था,कृषि सहकारी संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुकाे सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे