LISTEN LIVE RADIO

दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको ठिनबाँङमा दुर्घटना : १४ जना घाइते



दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको ठिनबाँङमा दुर्घटना : १४ जना घाइते

दाङ ५ वैशाख । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए। उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे