LISTEN LIVE RADIO

दाङकाे कोइलावास नाकाबाट लागुऔषध सहित १ महिला पक्राउ



दाङकाे कोइलावास नाकाबाट लागुऔषध सहित १ महिला पक्राउ

भालुवाङ २ वैशाख । दाङकाे कोइलावास नाकाबाट लागुऔषध सहित १ महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा ६ किलो ८२० ग्राम चरेस सहित ती महिलालाई पक्राउ गरेको हो ।

आइतबार दिउसो साढे १२ बजेको समयमा गढवा गाउँपालिका–८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ४१ बर्षिय सुकमायाँ बुढालाई ६ किलो ८२० ग्राम चरेस सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलिले जानकारी दिएकी छिन् । बुढाले कम्मरमा बेरेर लुकाईछिपाई भारत तर्फ लैजाँदै गरेको अवस्था प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ । बरामद चरेश ओसारपसारमा संलग्न व्यक्ति माथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे