LISTEN LIVE RADIO

मेयर खड्काद्वारा प्रतापकोटमा खैराबाङ भगवती` मन्दिरको उद्घाटन



मेयर खड्काद्वारा प्रतापकोटमा खैराबाङ भगवती` मन्दिरको उद्घाटन

तुलसीपुर २ बैशाख । दाङकाे तुलसीपुरको प्रतापकोटमा खैराबाङ देवी भगवतीको मन्दिर निर्माण गरिएको छ ।
सांस्कृतिक पहिचान र पर्यटन विकासकालागि करिब लगानीमा मन्दिरको निर्माण गरिएको हो ।

यसबीच मन्दिरको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गरे । मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले प्रतापकोटलाई तुलसीपुरको धार्मिक,सांस्कृत र पर्यटकिय क्षेत्रका रूपमा विकास गर्न आफू प्रतिवद्व भएको बताए ।

वडा नम्वर ३ का वडाध्यक्ष बिजय विकले प्रतापकोटको विकासकालागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्दिर निर्माणकालागि पर्यटन मन्त्रालयले ७ लाख ५० हजार बजेट दिएको थियो भने स्थानीयले ७४ हजार १ सय ५५ रूपैयाँ बराबरको श्रमदान गरेका छन् ।

मन्दिरमा पञ्च धातुबाट निर्मित मुर्ती राखिएको छ । खैराबाङ देवी भगवतीको मुर्ती निर्माणकालागि दाताबाट ६ लाख बढी रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनिराम रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे