LISTEN LIVE RADIO

दाङमा हुन लागेकाे राष्ट्रियस्तरको मिडिया महोत्सवको तयारी पुरा, सञ्चार मन्त्री शर्माले उद्घाटन गर्ने



दाङमा हुन लागेकाे राष्ट्रियस्तरको मिडिया महोत्सवको तयारी पुरा, सञ्चार मन्त्री शर्माले उद्घाटन गर्ने

दाङ २ वैशाख । दाङकाे घाेराहीमा यही वैशाख ३ र ४ गते हुन लागेकाे राष्ट्रियस्तरको मिडिया महोत्सव २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । दाङमा पहिलो पटक हुन लागेको मिडिया महोत्सवको सम्पूर्ण तयारी पुरा भएको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ ।

राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरु एवं जनप्रतिनिधीहरुको उपस्थितिमा हुने मिडिया महोत्सवकालागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । महोत्सवको वैशाख ३ गते नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माले उद्घाटन गर्नुहुने छ । महोत्स्वको पहिलो दिन महासंघको साधारण सभासँगै संघियता विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ । जसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधीहरु वक्ताको रुपमा रहनुहुने छ ।

यस्तै दोस्रो दिन वैशाख ४ गते मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसमिा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरता लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने छ ।
बहसकालागी वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, अन्नपूर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी लगायत राष्ट्रिय स्तरका ख्यातिप्राप्त पत्रकारहरु दाङ कार्यरहेकाे महासंघले जनाएकाे छ ।

महोत्सवमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको स्टलहरु रहनेछ । सुचना तथा प्रशारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु प्रदान गरिने छ । जसमा मिडिया दर्ता, मिडिया नविकरण, प्रेस पास लगायतका सेवाहरु दिने र नेपाल टेलिकमका सेवाहरु पनि निशुल्क प्रदान गरिने नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले जानकारी दिए ।

दाङमा पहिलो पटक हुन लागेको यस मिडिया महोत्सवलाई जिल्लाबासीहरुले अवसरको रुपमा लिन महासंघ दाङले सम्पूर्ण जिल्लाका सरोकारावालाहरुलाई अनुरोध गरेको छ । साथै महासंघले मिडिया महोत्सवका उपस्थित हुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे