LISTEN LIVE RADIO

भालुवाङमा शिव पुराण ज्ञान प्रवचन महायज्ञ सुरु, धर्मले मानिसलाई अनुशासन बनाउँछ : चौधरी



भालुवाङमा शिव पुराण ज्ञान प्रवचन महायज्ञ सुरु, धर्मले मानिसलाई अनुशासन बनाउँछ : चौधरी

भालुवाङ १ वैशाख । दाङको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा शनिवार देखि ११ दिने शिव पुराण ज्ञान प्रवचन महायज्ञ शनिवार देखि सुरु भएको छ ।भालुवाङ निवासी जुगलाल पोखेल तथा हुमादेवी पोख्रेलको स–परिवारको मुख्य आयोजना एवम् भालुवाङ शिवालय धार्मिक पर्यटन विकास संरक्षण समितिको व्यवस्थापनमा मन्दिर परिसरमा बैशाख १ गते देखि ११ गते सम्म शिव पुराण ज्ञान प्रवचन महायज्ञ सुरु भएको हो । महायज्ञको उद्घाटन पुर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले गरेका छन् । महायज्ञको उद्घाटन गर्दै चौधरीले धर्मले मानिसलाई अनुशासन बनाउँने भएकाले यस्ता धार्मिक कार्यक्रम बेला वखतका आयोजना गर्न तथा लाग्न जरुरी रहेको बताएका छन् । प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य चौधरीले धर्म समाजमा भएन भने समाज अराजक तिर जाने र अनुशासनहिन समाज निमार्ण हुने बताएका छन् । भालुवाङ शिवालय धार्मिक पर्यटन विकास संरक्षण समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको महायज्ञ उद्घाटन कार्यक्रममा जुगलाल पोखेल तथा हुमादेवी पोख्रेलका जेष्ठ सुपुत्र जगतप्रसाद पोख्रेलले यस क्षेत्रको धार्मिक क्षेत्रको विकास सँगै शिव पुराणबाट संकलित भेटी तथा दानबाट शिव मन्दिरमा धर्मशाला निमार्ण, पुल्चोकको माथि डाँडामा हिमालय पर्वत सहित शिवपार्वतीको प्रतिमा निमार्ण गर्ने लक्ष्य रहेको बताएका छन् ।महायज्ञ उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, राप्ती उद्योग वाणिज्य संघका सचिव भरतमणी न्यौपाने लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राप्ती उद्योग वाणिज्य संघका महासचिव नारायण प्रसाद शर्माले गरेका थिए । महायज्ञ उद्घाटन पुर्व कलश यात्राले भालुवाङ पुल्चोक र पुरानो भालुवाङ बजार परिक्रमा गरिएको थियो । ११ दिन सम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा बाचकमा सन्त श्रीकृष्ण शरण रहेका छन् । उनको मुखारविन्दुबाट संगितमय भजनकृतन एवं प्रवचन सहितको शिव महापुराण पारायण एवम् लक्ष्य होम महायज्ञ संचालन हुने बताइएको छ । शिव पुराण ज्ञान प्रवचन महायज्ञमा ५ हजार १ सय देखि १० हजार सम्म स्वइच्छा दान गर्ने भक्तजनहरुलाई संस्थाको तर्फबाट शिलालेखमा नाम सहित सम्मान तथा प्रमाण पत्र प्रदान गरिने मुल समितिले जनाएको छ ।त्यसैगरी १५ हजार देखि २५ हजार सम्म स्वइच्छाले दान दिनेलाई शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा सम्मान प्रमाण पत्र, २५ हजार एक देखि ५० हजार सम्म स्वइच्छा दान दिनेलाई शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा प्रमुख वाचकबाट सम्मान र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । यसैगरी शिलालेखमा १ लाख भन्दा माथि स्वइच्छा दान गरेमा शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा प्रमुख वाचकबाट सम्मान र सम्मान प्रमाण पत्र र बाजागाजा सहित बजार परिक्रमा गराइने मुल समितिले जनाएको छ । शिव पुराण ज्ञान प्रवचन महायज्ञ संचालन गर्न रामप्रसाद उपाध्याय अधिकारीको संयोजकत्वमा विभिन्न संघ संस्था सहित १५१ जनाको मुल समिति गठन गरिएको छ । भने महायज्ञलाई व्यवस्थित गर्न विभिन्न ११ वटा उपसमिति समेत गठन गरि कार्यविभाजन गरी महायज्ञ सञ्चालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे