LISTEN LIVE RADIO

राष्ट्रिय संगीतकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी निर्विरोध निर्वाचित



राष्ट्रिय संगीतकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी निर्विरोध निर्वाचित

देउखुरी १ वैशाख । राष्ट्रिय संगीतकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार दाङको लमहीमा आयोजित संघको प्रथम अधिवेशन, साँस्कृतिक तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमबाट पन्थीको अध्यक्षतामा सह–कोषाध्यक्ष थप गर्ने गरि १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । त्यसै गरि वरिष्ठ उपाध्यक्षमा सुवास विश्वकर्मा, उपाध्यक्षमा लक्ष्मण चौधरी, महिला उपाध्यक्षमा शोभा क्षेत्री, सचिव विश्वज्ञान केसी, सहसचिव अञ्जना नेपाली, कोषाध्यक्षमा दिनेश रैदास र प्रवक्तामा प्रवेश पन्थी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा पोषण भण्डारी, चाहाना थापा मगर, सरिता बुढा, अस्मिता थापा मगर, अञ्जना नेपाली, अर्चना नेपाली, अनिता डाँगी, अनिता न्यौपाने, स्मृति पुन मगर, स्मृति केसी, सुजल पन्थी, युनिसा आचार्य निर्वाचित भएका छन् । राष्ट्रिय संगीतकर्मी संघ लमही नगरको प्रेस सल्लाहकारमा मेगमन बुढा र सल्लाहकारहरुमा योगेन दाहाल, भानु जोशी र निमबहादुर थापालाई चयन गरिएको छ । अधिवेशन राष्ट्रिय संगितकर्मी संघ दाङका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता एवम् संघकै लुम्विनी प्रदेश उपाध्यक्ष उषा दसौतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, राष्ट्रिय संगितकर्मी संघ लुम्विनी प्रदेशका काेषाध्यक्ष दिपक वली, निर्वाचन समितिका संयोजक योगेन दाहाल, संघका प्रेस सल्लाहकार सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती प्रदर्शन गर्नुका साथै नयाँ वर्ष २०८१ के शुभकामना आदान प्रदान समेत गरिएको थियो भने कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव भिमबहादुर ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे