लुम्बिनीका मुख्यमन्त्री महरालेले पाए विश्वासको मत पाए, पक्षमा ४८ र विपक्षमा २८, ६ सांसद तटस्थ



लुम्बिनीका मुख्यमन्त्री महरालेले पाए विश्वासको मत पाए, पक्षमा ४८ र विपक्षमा २८, ६ सांसद तटस्थ

 राप्ती उपत्यका ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा १ अनुसार विश्वासको मत माग भएकोमा पक्षमा सत्ता गठबन्धनका ५ दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाले मत दिएका छन् । ८६ सदस्यीय प्रदेश सभामा वहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ ।

आजको प्रदेश सभा वैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका ३ जना गरी ६ सांसद तटस्थ रहे । महरालाई गत चैत २३ गते शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए, भने चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष सपथ ग्रहण गरेका थिए । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ ।

यसैबीच संसद बैठकपछि पत्रकारहरू सँग कुरा गर्दै मुख्यमन्त्री महराले एक हप्ता भित्र मन्त्री परिषदलाई पुणर्ता दिने बताए । भोलि वैशाख १ गते नयाँ वर्ष र २ गते संसद बैठक भएकोले एक हप्ता भित्र मन्त्री मण्डलले पूणर्ता पाउने र कामले गति लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे