LISTEN LIVE RADIO

दाङको लमहीमा गुरूकुलले वैशाखबाट पढाइ सुरू गर्ने, पूर्ण मानव बनाउने लक्ष्य



दाङको लमहीमा गुरूकुलले वैशाखबाट पढाइ सुरू गर्ने, पूर्ण मानव बनाउने लक्ष्य

लमही २९ चैत । दाङको लमहीमा गुरुकुल एकेडमीले यसै शैक्षिकसत्र देखी कक्षा ९ सम्म पढाई सञ्चालन गर्ने भएको छ । लमही नगरपालिका–५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ४० कट्ठा जग्गा २५ वर्षका लागि भाडामा लिएर विद्यालय भवन निर्माण गरि पढाइ सुरू गर्ने तयारीमा जुटेको छ । बिहीबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराइएको छ ।गुरूकुल एकेडेमीका प्रिन्सिपल मुकुन्द तिमिल्सिनाको अध्यक्षता एवम् एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको प्रमुख आतिथ्यता तथा लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेको विशिष्ट आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडमी सञ्चालन गर्न थालिएको जानकारी गराइएको छ । मान्छेलाई पूर्ण मान्छे बनाउने उद्देश्यले फरक शैलिबाट पठनपाठन गराइने अध्यक्ष घिमिरेले बताए । जीवनकला सिकाउन सकियो भने समाजको सबै पक्षको संरक्षण हुने उल्लेख गरे । घोराहीमा गुरुकुल एकेडमीको सफलतापछी लमहीमा पनि एकेडेमी सञ्चालन गर्न थालिएको छ ।

तीन तलाको भवन बनाउने काम अन्तिम चरणमा पुगेको छ । एकेडेमीका अध्यक्ष घिमिरेले विद्यार्थीलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी सञ्चालन गरिएको बताए साथै उनले देशको सामाजिक र सर्वाङ्गीन पक्षको विकास हुने बताए । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा शेयरधनी कमलजंग सिंह ठकुरी, लमही चेम्बर अफ कमर्सका अध्यक्ष तथा शेयरधनी, पत्रकारहरू चुमा आचार्य, केपि घिमिरे, लिला शाह, दशरथ घिमिरे, ओमप्रकाश गुप्ता, शिवराज खनाल, सन्तोष कुमार गुप्ता, टेकबहादुर पुन, मेगमन बुढा, प्रिया स्मृति गजमेर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सहभागी पत्रकारहरूले लुम्बिनी प्रदेशको राजधानीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था आबश्यक रहेको र यो आबश्यकता गुरुकुल एकेडेमीले पुरा गर्न लागेकोमा आफुहरु खुसी भएको बताएका थिए । एकेडेमीले तीन देखि ७ कक्षा सम्म संस्कृत विषय अनिवार्य गराएको छ ।गुरूकुलले आफ्नै शिक्षण विधि अनुसार ६० प्रतिशत सैदान्तिक र ४० प्रतिशत प्रयोगात्मक हुने, अतिरिक्त क्रियाकलापमा विशेष जोड, कक्षा संचालन विहान ८ः३० बजे देखी साँझ ४ः३० बजे सम्म हुने, खाजा र खाना विद्यालयमै उपलब्ध गराइने, विद्यार्थीको रुचि अनुसारको शैक्षिक वातावरण रहेको छ । त्यस्तै प्रयाप्त खेल मैदान सहित खेलकुद सामग्री भएको, स्वीमिङ पुल, सुरक्षित र मनोरम वातावरण भएको, दक्ष र अनुभवि शिक्षक शिक्षिका भएको र चुस्त दुरुस्त प्रशासन स्थापना कालबाट आफ्नै शिक्षण विधिको प्रयोग गरि पठन पाठन संचालन गरेको विद्यालयले शिक्षामा नयाँ बहसको सुरुवात गरेको छ ।पढाइ संगै संगीत, नृत्य, खेलकुद, चित्रकला र प्रस्तुतिकरणमा विशेष जोड दिदै पढाई कर नभई रहर बनाउने यस विद्यालयले शिक्षामा महत्वपूर्ण भूमिका खेलेको छ । गुरुकुल एकेडेमी शिक्षामा केही नयाँ आयाम ल्याउने उदेश्यका साथ इन्जिनियर र डाक्टरहरुको समुहले २०७२ सालमा स्थापना गरेको एउटा शैक्षिक सस्था हो । पूर्विय सभ्यता र पश्चिमी दर्शनलाई फ्यूजन गरी वर्तमान शिक्षालाई प्रभावकारी बनाउन यस्को नामाकरण गुरुकुत एकेडेगी राखिएको छ । घोराहीको शैक्षिक क्रियाकलापलाई धेरै मन पराएर अभिभावकका माग र चाहना अनुरुप विद्यालयले आफ्नो शाखा लमही र तुलसीपुरमा विस्तार गरेको छ ।

भौतिक रुपमा अति सुविधा सम्पन्न बनाउँदै विद्यालयले एउटा बालकलाई पूर्ण मानव बनाउने लक्ष्य राखेको छ । अंक केन्द्रित शैक्षिक परम्परालाई तोड्दै जीवन उपयोगी र व्यावहारिक शिक्षालाई महत्व दिईएको छ । घोराहीमा १०० प्रतिशत रिजल्ट दिईसकेको विद्यालयले लमहीमा पनि उच्च स्तरिय शिक्षा दिने योजनामा छ । मासिक रुपमा ११ देखी १३ हजार विद्यालयले लिने शुल्कलाई महंगो शुल्क भनेर कतै कतै भनियता पनि विद्यार्थीहरुको खाजा, खाना, शिक्षण शुल्क, तालिम शुल्क जोड्दा यो शुल्क निकै कम भएको विद्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे