LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा दाङका सुरेश गौतम नियुक्त



लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा दाङका सुरेश गौतम नियुक्त

भालुवाङ १८ बैशाख । लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा दाङका सुरेश गौतम नियुक्त भएका छन् । आर्थिक मामिला तथा याेजना मन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

दाङकाे घोराही उपमहानगरपालिका–१२ निवासी गौतम आर्थिक क्षेत्रको विज्ञ मानिन्छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरेका गौतम अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सचिवालयमा रहेर कार्य अनुभव संगाली सकेका छन् । यसैबीच गौतमलाई मंगलबार अर्थमन्त्री चेतनारायण आचार्यले मन्त्रालयमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे