LISTEN LIVE RADIO

महेश थापा ठेडीले निलसागरमा मनाए जन्म दिन



महेश थापा ठेडीले निलसागरमा मनाए जन्म दिन

लमही २९ चैत । दाङको लमही नगरपालिका–५ निवासी लमही नगरपालिकामा कार्यरत अधिकृत महेश थापा ठेडीले आफ्नो ३० औं जन्म दिन बिहिवार निलसागर सेवा आश्रममा मनाएका छन् ।

आफ्नी जीवनसंगिनी हिमा थापा तथा पत्रकारहरु ओमप्रकाश गुप्ता र टेकबहादुर पुन सहित राप्ती गाउँपालिका–८ पिपरी निवासी आश्रममै पुगेर ठेडीले चामल, नून, तेल, बिस्कुट, फलफूल, आलु, दाल लगायतका खाद्य सामग्री प्रदान गर्नुका साथै सडक आश्रित मानवहरुलाई फलफूल तथा बिस्कुट खुवाएका थिए । जन्म दिनमा फजुल खर्च गर्नु भन्दा मानवको सेवा गर्नु नै पुण्यको काम हुने भएकोले आफुले आफ्नो ३० औं जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा खाद्यन्न सहयोग गरेको ठेडीले बताएका छन् । सो खाद्यन्न तथा फलफूल ठेडीले आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे