LISTEN LIVE RADIO

स्थानीय सेवाको गठन सम्वन्धी विधेयक अगाडी बढाउने लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को निर्णय



स्थानीय सेवाको गठन सम्वन्धी विधेयक अगाडी बढाउने लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को निर्णय

भालुवाङ १८ बैशाख । लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक अघि बढाएको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय स्विकृत गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

यो विधेयकमा ९ वटा खण्डहरु रहेका छन् । संसदमा विधेयक दर्ता भएपछि आगामी बस्ने प्रदेश सभाको बैठकमा यस बारेमा छलफल शुरु हुने छ । चौथो अधिवेशनको चौथो बैठक आगामी बैशाख २० गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । यसअघि लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणिकरण भएर ऐनको रुपमा जारी भइसकेको छ । स्थानीय सेवा र नीजामती कर्मचारी विधेयक संगसंगै अघि बढ्नुपर्ने भएपनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवाको विधेयक अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे