LISTEN LIVE RADIO

सकरात्मक सोचाईले मात्र देशलाई स्वर्ग बनाउन सकिन्छ : कर्ण शाक्य



सकरात्मक सोचाईले मात्र देशलाई स्वर्ग बनाउन सकिन्छ : कर्ण शाक्य

भालुवाङ १४ चैत । सकरात्मक सोच समुहका अभियान्ता कर्ण शाक्यले सकरात्मक सोचाईले मात्र देशलाई स्वर्ग बनाउन सकिने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा आयोजित कर्ण शाक्य सँगको साक्षात्कार कार्यक्रममा बोल्दै शाक्यले सो कुरा बताएका हुन् ।

हाम्रो देश स्वर्ग हुँदाहुँदै पनि पछिल्लो समय हरेक नागरिकमा नकरात्मक सोचाई हावी हुँदै देश नर्क बन्न थालेकोमा चिन्ता प्रकट गरेका छन् । ८३ वर्षको उमेरमा पनि हामीले भोगेको, जानेको र आफुले अनुभव गरेको कुराहरु युवाहरुलाई शेयर गरेर हामीले यो देशलाई फेरि स्वर्ग बनाउन सकिने शाक्यले बताएका छन् । विदेशमा जाने होइन यहाँ थुप्रै संभावनाहरु छन्, यहाँ उर्जा धेरै छ, यहाँ अवसर धेरै छ त्यो अवसर र सम्भावना हेर्नका लागि मनका आँखा खोल्न सके धेरै काम गर्न सकिन्छ भन्ने आवाज बुलन्द गर्नका लागि अभियान सुरु गरेको उनले बताए ।

पछिल्लो समय युवा शक्तिहरु विदेश पलायन हुने क्रम बढेको र यहि क्रम बढिरहेमा देश विकास हुन नसक्ने हँुदा सकरात्मक सोचको विकास हुन आवश्यक रहेको शाक्यले बताए । उनले आफुले सञ्चालन गरेको समुह देशका विभिन्न गाउँ–गाउँमा सयौंको संख्यामा कार्यक्रम गरेको र लाखौ युवाहरुलाई संदेश प्रवाह गरेको बताए । त्यस्तै उनले ६० वटा मुलकहरुमा समुह गठन गरि कार्यक्रम भइरहेको उनले बताए । नकरात्मक सोच भएमा अमेरिका। जपान, अष्ट्रेलिया जहाँ बसेपनि त्यो नकरात्मक नै हुने भएकाले स्वर्गलाई स्वर्ग बनाउन सक्नुपर्ने उनले बताएका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे