LISTEN LIVE RADIO

तुलसीपुरको पातुखोलामा ट्रष्ट पुलको शिलन्यास



तुलसीपुरको पातुखोलामा ट्रष्ट पुलको शिलन्यास

तुलसीपुर २९ मंसिर । तुलसीपुर स्थित पातुखोलामा निर्माण हुने ट्रष्ट पुलको एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । तुलसीपुर ५ आलुमण्डि स्थित प्रगतिशिल टोल र वडा नम्वर ९ जनज्योति टोल जोड्ने गरी निर्माण हुने पुलको राष्ट्रिय सभा सदस्य कोमल वलीले सोमवार एक कार्यक्रमका बिच शिलन्यास गरेकी हुन् ।

तुलसीपुरका दुई वडालाई जोड्ने गरी निर्माण हुन लागेको पुलको लम्वाई ३२ मिटर र चौडाई १.५ मिटर रहेको छ । पुल निर्माणको लागत २५ लाख ६४ हजार ८ सय ४९ रुपैया ६५ पैसा रहेको छ ।जसमा संघिय सरकारद्धारा ८५ प्रतिशत, स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकाको १३ प्रतिशत र उपभोक्ता समितिको तर्फबाट २ प्रतिशत लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे