LISTEN LIVE RADIO

दाङको घोराहीमा नेपाली काँग्रेसको प्रर्दशन, कांग्रेस प्रतिगामीको विरुद्धमा छ – पुर्व मन्त्री गिरी



दाङको घोराहीमा नेपाली काँग्रेसको प्रर्दशन, कांग्रेस प्रतिगामीको विरुद्धमा छ – पुर्व मन्त्री गिरी

दाङ २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवार दाङ सहित देशभर सरकार विरुद्धमा विरोध सभा कार्यक्रम गरेको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेपाली कांग्रेस दाङले घोराहीमा विरोध सभा कार्यक्रम गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले विभिन्न नारा जुलुस लगाउदै घोराही बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो ।

बर्तमान सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गएको मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारी लगाएतको विरुद्धमा देशव्यापी रुपमा कांग्रेसले विरोध प्रदर्शन कार्यक्रम गरेको हो ।

घोराहीमा भएको कोण सभालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बहुमतको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । गरिव तथा विपन्न र सर्वहारा बर्गको कम्युनिष्ट पाटी भनेपनि अहिले भ्रष्टाचार प्रति लिप्त भएको उनको भनाई थियो ।

पुर्व मन्त्री समेत रहेका गिरीले आफुहरु रानाकाल देखी नै लोकतन्त्रको पक्षमा लामो संर्घष गदै आएको पाटी भएपनि नेपाली जनताले कम्युनिष्टलाई भोट दिएर जिताएको बताउदै उनले अहिलेको सरकारले देश र जनताको लागी केहि गर्न नसकेको आरोप लगाएका छन् । साथै उनले यो देशको लोकतन्त्र रक्षा गर्ने पाटी नेपाली कांग्रेस भएको र आफुहरु सधै प्रतिगामीको विरुद्धमा उभिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे