LISTEN LIVE RADIO

दाङको राप्ती गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता सुरू



दाङको राप्ती गाउँपालिकामा अध्यक्षकप फुटबल प्रतियोगिता सुरू

भालुवाङ १८ फागुन । दाङको राप्ती गाउँपालिकामा शुक्रबार देखि अध्यक्षकप फुटबल प्रतियोगिता सुरू भएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा बोल्दै थारूले खेलकुदले राप्तीको पहिचान सँगै खेलक्षेत्रको विकास हुने बताएका छन् । त्यस्तै उनले राज्य व्यवस्था परिवर्तनमा पनि खेलकुदले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन्। उनले खेलले राप्तीको पहिचान तथा विकासकामा पनि महत्त्वपूर्ण खेल्ने बताएका छन् ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलाडीहरूलाई मर्यादित र अनुशासित भएर खेल खेल्न आग्रह गरेका छन् । उनले खेलकुदले शारीरिक, मानसिक तथा संवेगात्मक विकास हुने भएकाले खेलाडीहरूलाई उत्साहित तरिकाले खेल क्षेत्रमा लाग्न सुझाव समेत दिएका छन् । अहिले बजेट अभावले अन्य खेलकुद राख्न नसके पनि आगामी वर्ष देखि अध्यक्षकप हटाएर पालिका स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने अध्यक्ष विष्टले बताएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेपाली कांग्रेसका विद्याशरण चाैधरी, नेकपा एमालेका मदन अधिकारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सञ्चालन गाउँपालिकाका जिन्सी शाखा प्रमुख बासुदेव खनालले गरेका थिए । प्रतियोगितामा पहिलो खेलमा पुरूष तर्फ वडा नम्बर २ र ७ बीच र महिला तर्फ वडा नम्बर ५ र ७ बीच हुने छ । प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका महिला तथा पुरुष गरि १६ वटा टिमको सहभागिता रहेको छ ।

खेल फिफाकाे नियम अनुसार खेलाइएको बताइएको छ। पुरुषहरुकाे खेल वडा नं.३ मसुरीया स्थित श्रीचाैर खेल मैदानमा र महिलाहरुकाे खेल वडा नं.२ लालमटिया स्थित टुडिखेल मैदानमा भइरहेको वडा नं.३ का वडा अध्यक्ष तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिताकाे बिजेता महिला तथा पुरुष दुबै टिमले ४० / ४० हजार तथा उप विजेताले ३०/३० हजार नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार रहेको संयाेजक अधिकारीले जानकारी दिए । खेल आगामी फागुन २० गते सम्म सञ्चालन हुने छ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे