LISTEN LIVE RADIO

अब एमालेका नेता, कार्यकर्ताहरू बैचारिक संघर्षमा उत्रिनुस् : केन्द्रीय सदस्य आचार्य



अब एमालेका नेता, कार्यकर्ताहरू बैचारिक संघर्षमा उत्रिनुस् :  केन्द्रीय सदस्य आचार्य

भालुवाङ १८ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री चेतनारायण आचार्यले पार्टीलाई चाैतर्फी घेराबन्दी गरी आक्रमण भईरहेकाेले सबै नेता, कार्यकर्ताहरू बैचारिक संघर्षमा उत्रिने बेला आएकाे बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले राप्ती गाउँपालिका कमिटीले आज शुक्रबार देखि दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-८, पिपरीमा शुरू गरेकाे दुई पार्टी प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उनले यस्ताे बताए ।

पार्टीको दाङ जिल्ला इन्चार्ज समेत रहनु भएका केन्द्रिय सदस्य आचार्यले अहिले पनि मुलुकमा एमालले लिएकाे नीति, सिद्धान्त र बिचार अब्दल साबित हुँदै गइरहेकाे ठाेकुवा गरे । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहे भएका केन्द्रीय सदस्य आचार्यले अरू दलले लिएकाे बिचारहरू स्खललित भई रहेकाे बताए । उनले अब एमालेलाई बलियाे बनाउन बै मुडे बलले मात्र नभई बैचारिक बिचार संग चिर्न तर्फ लाग्न आग्रह गरे । उनले मुलुककाे समृद्धि तथा विकासका लागि एमाले बाहेक बिकल्प नरहेकाे जिकिर गरे ।

यस्तै कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य साजिदा सिद्धिकीले एमालेले देश बनाउने जिम्मेवारी गठबन्धन सरकारलाई दिएपनि देश तहसनहस बनाएको बताइन् । राप्ती तथा गढवा गाउँपालिकाकाे इन्चार्ज समेत रहनु भएकी केन्द्रीय सदस्य सिद्धिकीले नागरिकहरू यति बेला हरेक क्षेत्रमा सुरक्षित नभएकोले अब एमालेलाई बलियो तथा बहुमतको सरकार बनाएर लैजाउनु पर्ने बताइन् । साथै उनले एमाले प्रतिपक्षमा रहेपनि देश र जनताकाे पक्षमा निरन्तर जनमैत्री काम गर्दै आईरहेकाे बताए ।

पार्टीका राप्ती गाउँ कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका प्रदेश कमिटी सचिव लक्षण आचार्यले एमाले प्रतिपक्षमा भए पनि सत्तापक्ष जस्तै काम गर्नु परेको बताए । उनले यो सरकारको अस्तव्यस्तलाई सहि दिशामा ल्याउन पनि एमालेको भुमिका महत्त्वपूर्ण रहेको बताए । प्रदेश कमिटी सदस्य आचार्यले एमाले विना देश विकास सम्भव नभएकोले पनि सत्तापक्ष जस्तै काम गर्ने बेला आएको बताए । उनले अन्य पार्टी भन्दा एमाले सवै भन्दा बढी शक्तिशाली पार्टी एमाले भएकोले अवको नेतृत्व एमालेले लिनुपर्ने बताए ।


पार्टीका राप्ती गाउँ कमिटी उप-सचिव रामबहादुर सुनारकाे स्वागत मन्तब्यबाट शुरू भएकाे प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य कुलबहादुर केसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरे । प्रशिक्षण उद्घाटन कार्यक्रमकाे सञ्चालन पार्टीका राप्ती गाउँ कमिटी सचिव भरतमणि न्याैपानेले गरेका थिए ।

दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रमकाे पहिलाे दिन पार्टीका केन्द्रीय स्थानीय बिभाग सदस्य बिकिरण गाैतम, पार्टीका केन्द्रीय सदस्य साजिदा सिद्धिकी, पार्टीका दाङ जिल्ला सचिव मनाेहर बुढाथाेकी र पार्टीका दाङ जिल्ला स्कुल विभाग प्रमुख बिबेक श्रेष्ठले समसामयिक राजनितिक घटनाक्रम, पार्टीकाे बिगत देखि अहिले सम्मकाे अवस्था, अगामी रणनिति तथा कार्यनीति र सांगठनिक पद्धती लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे