LISTEN LIVE RADIO

सर्वोदय मावि सिसहनियाँको वार्षिकोत्सब, अभिभावक दिवस तथा सरस्वती पुजा कार्यक्रम



सर्वोदय मावि सिसहनियाँको वार्षिकोत्सब, अभिभावक दिवस तथा सरस्वती पुजा कार्यक्रम

सिसहनियाँ २ फागुन । सर्वोदय माध्यमिक विद्यालय राप्ती गाउँपालिका-५ सिसहनियाँको ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस तथा सरस्वती पुजा कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बोल्दै अध्यक्ष विष्टले विद्यालयलाई उत्पादनमुलक उद्योगको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । उनले विद्यालयमा हुने परम्परागत शिक्षण प्रणालीलाई सुधार गरि सिपमुलक तथा व्यवहारिक शिक्षा दिन जरूरी रहेको बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले विद्यालयको शिक्षा सुधारका लागि पनि सवै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

विद्यालय सुधारका लागि सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् । कसैले एक्लै विद्यालय सुधार गर्छु भनेर केही गर्न नसकिने भएको हुँदा कार्ययोजना बनाएर अगाडि बढ्न सुझाव दिएका छन् । कार्यक्रम विभिन्न अक्षयकोषबाट पुरस्कार वितरण गर्नुका साथै साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियोे । कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर केसीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन शिक्षक शोबबहादुर मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे